नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय, बुर्तिबाङ, बाग्लुङ
बुर्तिबाङ, बाग्लुङ

हाम्रो बारेमा

हाम्राे बारेमा ......

मालपोत कार्यालय बुर्तिबाङ साविक पश्चिमाञ्चल विकास क्षेत्र धौलागिरी अञ्चल जिल्ला बागलुङ हाल प्रदेश नं. ४ जिल्ला बागलुङ को पश्चिम क्षेत्रमा बसोबास गर्ने जनतालाई जग्गा प्रशासन सम्बन्धि सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यले मिति २०७१।१२।०१ मा स्थापना भई संचालनमा आएको हो । यस कार्यालयको क्षेत्राधिकार भित्र साविकका दगातुन्डांडा, ग्वालिचौर, भिमगिठे,रणसिंहकिटेनी, जलजला, दर्लिङ, राजकुत, देविस्थान, बोहरागाउँ, निसी, बुर्तिबाङ, अधिकारीचौर, बोवाङ, खुंगा, बोङ्गादोभान, खुंखानी र तमान गरि  जम्मा १७ गा.वि.स. हरु रहेका छन । हाल ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका यसका कार्य क्षेत्र भित्र पर्दछन् । नेपाल भित्रको पनि नेपाल भनेर चिनिने यस जिल्लाको पश्चिम क्षेत्रमा बसोबास गर्ने जनताले जग्गा प्रशासन सम्बन्धि सेवा सुविधा लिन करिब १०० किलो मिटरको दुरि पार गरी सदरमुकाम बागलुङमा धाउनुपर्ने बाध्यता बाट मुक्त भई यस कार्यालय स्थापना पश्चातः घर दैलोमा सेवा सुविधा उपलब्ध भएको महसुस गरेका छन् ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)